गजल
– सुविद गुरागाई

पापी मायाको साथ छ जे–होस् !
हरदम उसैको याद छ जे–होस् !

बाँच्नु छ मैले यो जुनीभर,
आफ्नै शत्रुको हात छ जे–होस् !

गाह्रो हुँदै छ सास फेर्न झन्,
बढ्दो आफ्नाको घात छ जे–होस् !

मर्म मायाले के बुझ्ला खै ?
आसमै जीवन आवाद छ जे–होस् !
०००
bisnuprasad.bg@gmail.com