माया गर्नु नगर्नु मर्जी हजुरकै ।
जालमा पर्नु नपर्नु मर्जी हजुरकै ।
लाली फुल्नू रहरले सधैँ शिखरमा,
बेँसी झर्नु नझर्नु मर्जी हजुरकै ।
धेरै छन् लगाउने नजर हजुरमा,
आँखा तर्नु नतर्नु मर्जी हजुरकै ।
उता एक्लो जिन्दगी बित्ला कसरी ?
यता सर्नु नसर्नु मर्जी हजुरकै ।
छाडिदिन्छु दुनियाँ हजुर सम्झेर,
विश्वास गर्नु नगर्नु मर्जी हजुरकै ।
– सुविद गुरागाई