‘पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर... मुटुमा मेरो भक्कानो फुट्यो कलेजो थरर...’ मलाई मनपर्ने भाइ विधान श्रेष्ठले गाएको शब्दबाट अभिप्रेरित भएर म आज जीवनको मध्यमा आफ्ना पुराना दिनहरू सम्झिरहेछु ।
प्रेम दिवसको सान्दर्भिकता आत्मसात गर्ने क्रममा चार वर्षअघि भ्यालेन्टाइन डेका दिन मैले लेखेँ, ‘गजब भो मैले पनि मायाको अनुभव गरेँ, परेलीमा अल्झिएर आँसुको दहमा झरेँमा झरेँ...।’ तर, यो गजलको बाँकी शेरहरु मैले चार दिनपछि मात्र पूरा गरेको थिएँ । कारण यो लेखाइ मेरो तत्कालीन भ्यालेन्टाइनप्रति समर्पित थियो, र सोको अनुभवको दोस्रो चरण मैले चार दिनपछि मात्र पार गर्ने मौका पाएको थिएँ । ‘के भयो यो किन भयो ? तिम्रो माया बुझ्न खोज्दा... भक्कानिँदै, मूच्र्छा पर्दै कतिपटक ज्युँदै मरेँ...।’
यो सन्दर्भ समयानुकूल मेरो जीवनको ११ औँ संस्करण हो । तर, यसभन्दा अघिका थुप्रै प्रसङ्गहरू मलाई रोमाञ्ेिचत र अभिप्रेरित पार्न सहायक थिए ।
किशोरवयमा सबभन्दा मनपर्ने, स्कुल सँगै पढ्ने केटी साथी थिइन्, सुशीला । त्यो बेला भ्यालेन्टाइन डे मनाउने र सबभन्दा नजिक मानेको साथीलाई डेटको उपमा दिने प्रचलन थिएन ।
२०४० सालतिर नयाँ वर्ष, विजया दशमी आदि मौका पर्खँदै पोष्टकार्डमा हिन्दी, अङ्ग्रेजी वा नेपाली रूपान्तर सायरी लेखेर प्रेम अभिव्यक्त गर्ने साङ्केतिक तरिकाले किशोरा जीवनशैलीका ठाउँ पाउन थालेको थियो ।
त्यसमा पनि एकजनालाई मात्र पोष्टकार्ड दिँदा अरूले थाहा पाउँछन्, जिस्क्याएर हैरान पार्छन् भन्ने सघन भय हुन्थ्यो । त्यसबाट जोगिन उनको सहेली समूहलगायत केही केटा साथीलाई पनि पोष्टकार्ड दिएको थिएँ, विषयलाई सामान्यीकरण गर्दै । मनमा, बुझ्नुपर्नेले कुरा बुझुन् र नबुझ्नुपर्नेले नबुझुन् भन्ने आशय हुन्थ्यो ।
म उनलाई माया गर्थेँ । म कक्षा प्रथम भएकाले पिकनिक वा कतै शैक्षिक भ्रमणमा जाँदा उनी पनि मेरो साथ चाहन्थिन् । भावुक मनले व्यवहार–विश्लेषणपछि उनका मनमा पनि मेराप्रति केही छ भन्ने लख काट्थ्यो । तर, परिस्थिति थियो कि साथीभाइले जिस्क्याउने स्थिति बन्दा पनि म न आफ्ना कुरा भन्न सक्थेँ, न उनले नै खुलेर केही बताइन् ।
ती दिनहरूमा आफ्नो पहिलो प्रेमका बारेमा सोच्दा म आफूलाई निकै सुधारिएको, संयमित, भलादमीजस्तो पाउँथे । भेटमा कथंकदाचित प्रेम र शरीर सुख प्राप्तिको गफ गरेँ भने उनले मन दुखाउलिन् भन्ने डरले म आफैँमा सीमित हुन पुग्थेँ । एक प्रकारको आत्मरतिको स्थितिमा म थिएँ । पछि, उनका बारेमा चासो राख्दै उनको गाउँसम्म पनि पुगेको थिएँ । तर, उनको बिहे भैसकेको जानकारी लिएर त्यहाँबाट खाली हात फर्केको थिएँ ।
सानोमा कसैले ‘तिमी कोसँग बिहे गर्छौ ?’ भनेर सोधेमा म सहजै बिमलातिर देखाइदिन्थेँ रे ! उमेर पुगेपछि उनीसँग पनि भेट र फोटो साटासाट भयो । मलाई भेट्नेबित्तिकै बिचरी लाजले रातो हुन्थिन् । तर, मैले उनमा आफूले दीर्घ मित्रताका लागि खोजेकी केटीको प्रतिमूर्ति देख्नै सकिनँ । मनले मानेन । त्यो बेला मसँग शिक्षकको जागिर र पढाइको घमन्ड थियो ।
जागिर प्रारम्भका दिनमा साहित्यिक अभिरुचि र पत्राचारको सिलसिलासँगै जयन्ता धेरै नजिक भइन् । इनरुवा डुल्न र घरमै भेट्न पनि आइन् । सुनसरीतिरकै कुनै केटासँग घरजम गर्ने उनको इच्छा थियो । पत्रमित्रता हुँदै मन नजिकिए पनि शरीरको कुरामा भने आँट गर्न सकिनँ । मेरो अवधारणामा बसेकीजस्ती पातली, अग्ली नभए पनि उनको सामिप्यता मेरो गजलमा बान्की भर्न सहायक बन्यो । पहिलो भेटमा उनीसँग छुट्टिएपछि लेखेको थिएँ, ‘तिमी नै भन सपनामा भ्रमहरु पालेर के गरुँ ?, महल भयो खण्डहर जब गमला साँचेर के गरुँ ?’ यस्ता अनेकौँ भावनामय शब्द लेखेर मनका कुरा पछिसम्म पनि आदान–प्रदान भइरहन्थ्यो ।
पत्रमित्रता ति दिनहरुमा अचेलको नेटमित्रता जत्तिकै प्रिय माध्यम थियो नजिक हुने । दैनिकजसो हुलाकीलाई चिया खुवाउन अलग्गै पैसाको जोहो गर्नुपथ्र्यो ।
पत्रमित्रताकै माध्यमबाट लक्ष्मीसँग पनि मेरो निकटताको सम्बन्ध रह्यो । केटी भए पनि केटाजस्तो बानी–व्यवहार देखेर मैले उनलाई मित्रतामै सीमित राख्न चाहेँ । घर आउने–जाने गर्थिन् । सायद उनले पनि मेरो मनोदशा बुझेकी थिइन् । मेरो परिवारमा हामीबीच मित्रताको मात्र साइनो भएको प्रष्टीकरण दिन गर्थिन् । बबितासँग घरजम सुरु भएको पहिलो दिन पनि सोही अनुभूति दिलाउन आएकी थिइन् । उनी आज पनि बिहे नगरी बसेको सुन्छु ।
जागिरको सिलसिलामा पहाडको एउटा बेँसीमा गोमासँग भेट भयो । जागिर, तराईको केटो र परिवारको पनि सहमति भएको आधारले बिचरी मेरासामु लल्याकलुलुक भइन् । घर फर्किँदै गर्दा दोबाटोको चौतारीसम्म सँगै आएर उनले प्रेममय सायरीहरुसहितको पत्र र पाँच रुपैयाँ पैसा मेरो हातमा हालिदिएकी थिइन् । पत्र पढेर बिचरीको मलाई प्रभावित गर्ने तरिका देखेर मनमनै हाँसेको थिएँ । पहाडकी केटीले त्यतिसम्म आँट गर्नु, मलाई गजब लागेको थियो । उनले दिएको पैसाले किनेको ‘मधुपर्क’ अझै पनि मेरो घरमा छ । सायद मेरो खोजी अर्कै केही थियो । उनमा पनि मन बस्न सकेन ।
बाटोमा यात्राको क्रममा एकदिन सरस्वती भेटिइन् । बहादुरामा राति सँगै, संयोगले एउटै सिरकमा बास प¥यो । सामान्य औपचारिकताबाहेक केही भएन । भोलिपल्ट बिहान लाजले शिर निहुराउँदै चारघन्टा जति अझ अगाडि, सिस्नेरी फेदि पुगेपछि हाम्रो बाटो छुट्टिएको थियो । उनको परिस्थिति अलग थियो, मेरो अलग । उनी कुनै स्कुलकी कक्षा १० की छात्रा थिइन्, म कुनै स्कुलको शिक्षक । हाम्रो कुरा मिल्थ्यो पनि होला, तर यात्रामा उनका बुबा साथै थिए ।
कलेज पढ्दाका दिनमा कुसुमसँग भने नोट साटासाट गर्ने, एकान्तमा घन्टौ सँगै बस्ने, सिनेमा हेर्न जाने, फोटो खिच्ने हुँदाहुँदै निकै नजिकिएछ । मेरो साहित्यिक लेखन मन पराउने उनले मलाई ‘फन्टुस’ संज्ञा दिएकी थिइन् । एकदिन मौका पारेर ‘तिम्रो फन्टुससँग बिहे गछ्र्यौ कुसुम ?’ भनेर सोधेँ । उनले सजिलै ‘यस विषयमा बुबासँग कुरा गर, बुबाआमाले जसलाई दिनुहुन्छ त्यसैसँग जान्छु’ भनिन् । उनको जवाफले म अवाक बनेँ । कारण म जैसी केटालाई पहाडका बाहुन बाबुआमाले छोरी देलान् भन्ने मलाई लागेन । त्यो बेला प्रसङ्ग त्यतिमै विराम लाग्यो ।
पाँच वर्षपछि भेटमा तिमीले मेरो बुबासँग कुरै गरेनौ, गरेको भए पक्कै पनि मलाई सोध्नुहुन्थ्यो र कुरा मिल्थ्यो भन्थिन् । त्यो बेला मैले तिम्रो पो जवाफ चाहेको थिएँ, तिम्रो बुबाको हो र ! भन्दै आफ्नै बचाउको तर्क राखेको थिएँ । घटना जे भए पनि हाम्रो सम्बन्ध नहुनु रहेछ, भएन ।
हालसालै एकदिन उनको फोन आयो ।
‘के हो सुविद, अचेल हामीलाई सम्झिँदा पनि सम्झिँदैनौ त ?’ फोनमा उनको गुनासो थियो ।
‘नसम्झेको त होइन तर सम्झना सार्वजनिक हुँदा तिम्रो व्यक्तिगत जीवनमा खलल पुग्ला भनेर ध्यान नदिएको मात्र हो !’ मेरो स्पष्टीकरण थियो ।
‘तिमीसँग बोलेर जित्न गाह्रो छ फन्टुस !’ उनले खाटा बसेको घाउतिर लक्षित गरिन् । थप २० मिनेट जति अन्तक्र्रिया चल्यो । सारमा उनको भनाइ थियो, ‘हामीले अहिलेका केटाकेटीले जस्तो लभ गर्न जानेनछौँ, त्यो बेला ।’
युवा दिनहरूमा दीपा आइन् । पारिवारिक वातावरण र जातपात मिलेको थियो । तर, तिनीसँग पनि कुनै उल्लेख्य सम्बन्ध बन्न सकेन । तिनले मैले दारी पालेको देखेर मलाई ‘बूढो’ उपमा दिएको कहिल्यै भुल्दिनँ ।
यसैबीच, स्वेता थिइन् एउटी, यात्राकी साथी । उनीसँग लुकीलुकी खुब घुमियो । हाँस्न, बोल्न र साथ दिन सिपालु थिइन् । कोसीका गङ्गेटिक डल्फीन, गोलघर र स्ट्रीट मोटरसाइकल पनि साक्षी हुन्, हाम्रो डेटिङको । तर, परिस्थिति यिनीसँग पनि अनुकूल भएन ।
त्यसैगरी, चार वर्षअघि १४ फेब्रुअरीका दिन साथीहरूबाट नम्बर पाएर प्रभालाई नम्बर पाएर प्रभालाई ‘ह्याप्पी भ्यालेन्टाइन !’ भन्दै एसएमएस पठाएको थिएँ । तीन दिनपछि फोन गरिन् । फोन र एसएमएसबाटै मित्रता कायम राख्ने बाचाबन्धन भयो, भेट नगर्ने अघोषित सहमतिसहित ।
मलाई विषय जुनसुकै होस्, तर्क गर्नेसक्ने केटीसाथीको खोजी रहन्छ । उनले दुई वर्ष करिब त्यो ग्यापलाई पूरा गरिन् । विराटनगर, इटहरी, पोखरा, काठमाडौँ जहाँ भए पनि उनले मेरो आवश्यकता अनुकूलको समयमा झर्को मानेको कहिल्यै थाहा भएन । फेसबुकमा मेरो प्रोफाइल हेरेपछिको एकदिन, काठमाडौँमा आफैँले दैनिक तरकारी पकाउनुपर्ने जीवनमा प्रवेश गरेको थाहा भयो ।
समयले उनलाई आफ्नै दुनियाँमा व्यस्त बनायो, मलाई आफ्नै ।
अर्को एउटा डेटको अनुभव पनि छ मसँग । जुनुबाट परिचय भएर पशुपति कैलासडाँडामा डेटिङसम्म आउँदा थाहा भयो, उनको नाम हेमा रहेछ । फलैंचामा मेरो बसाइ केटाको जस्तो तर उपस्थिति दाजुको जस्तो भयो सायद । उनले व्यावहारिक कुरा गरिन्, मैले आदर्शका । वरिष्ठ उप–सम्पादक पद र नामका कारण अरू सामान्य केटाजस्तो हुन नसक्ने तर इमान्दारीपूर्वक मित्रता कायम राख्ने बाचा गरेर छुट्टिएको भोलिपल्टदेखि उनको फोन र म्यासेज आउन छोड्यो । घटनाले छोइएर लेखेँ, ‘मेरो चोखो मायालाई बिटुलो पा¥यौ तिमीले, आँखाबाट आफूलाई ओरालो झा¥यौ तिमीले...।’
उनले खोजेको मान्छे म थिइनँ सायद । सम्झना नासो छोडेर उनी टाढिइन् । एक प्रकारले जे भयो, राम्रै भयो ।
यसबाहेक अरू उल्लेख गर्न अयोग्य भ्यालेन्टाइन अनुभव पनि केही छन्, मेरो नामसँग समयले जोडेका । कतै आफूले अस्वीकार गरेका, कति आफू अस्वीकृत भएका । तिनका बारेमा पनि पछि मौका मिलाएर चर्चा गर्ने मन छ । जीवनका ‘सेता–काला दिनहरू’ लेख्दा कतिसम्म इमान्दार हुन मन लाग्ला थाहा छैन ।
यो लेखाइको शीर्षक मैले सुरुमा ‘असफल भ्यालेन्टाइन’ राखेको थिएँ । सुनेर साथीहरूले तर्क गरे प्रेम असफल कहिले हुँदैन । प्रेममा प्राप्ति नै हुनुपर्छ भन्ने होइन । प्राप्तिको व्यग्रतामा त स्वार्थ लुकेको हुन्छ । चाहनामा प्रेमले न्यून ठाउँ पाउँछ ।
अनि, ‘पुरानो डेट ?’ पदमजीले भने, ‘डेट त झन् जुन बेला सम्झियो, त्यही बेला ‘रिफ्रेस’ हुने कुरा हो, पुरानो कसरी हुन्छ ?’
०००
‘राजधानी’ सौजन्य, २०६६ फागुन १ गते प्रकाशित सामग्रीमा थपथाप ।

1 comment:
जीवनको गोरेटोमा..................
Post a Comment