सोलुको ताजा सम्झना
– सुविद गुरागाई
जसोतसो जिन्दगी चल्दै छ यार !
सम्बोधन उसैलाई जोसँग यो सम्बन्धित छ ।
आराम छु र गाथमा पनि आराम रहोस् भनी राष्ट्रदेव श्री पशुपतिनाथसँग दिनरात कामना गरिरहेको छु ।
इटहरीमा बस्छु । यतै पत्रकारिता र शिक्षणको काममा रमाएको छु ।
केही दिनअघि काठमाडौँ बसाइ सर्ने जोड प्रयास गरेको थिएँ । तर, स्कुलको सरुवा मिलाउन सकिनँ र हार खाएर अझै केही वर्ष पूर्वमै बस्ने निर्णय गरें ।
जागिर खान अझै १० वर्ष बाँकी छ । छोड्न माया लाग्यो ।
काठमाडौँ फर्पिङका श्याम केसी सरसँग म्याचुअल सरुवाको मेलो मिल्यो भने काठमाडौँ छिरिन्छ होला ।
त्यसपछि मानसरोवर, त्यसपछि पुट्टपर्र्ती, त्यसपछि समुद्र, त्यसपछि कता ? थाहा छैन ।
आमा हुनुहुन्न ।
एउटी बुढी दुई वटा छोरा छन् । एउटा १२ को जाँच दिँदै, एउटा होटल मेनेजमेन्टमा १२ सकेर एभिएसन क्र्यु पढ्दै ।
एउटा उपन्यास लेख्ने रहर छ ।
हिन्दू राष्ट्र पुनःबहालीका लागि सकेको सहयोग गरिरहेको छु ।
यता यो भन्दा अरू नयाँ केही छैन । त्यता के छ ?
राधा दिदी, दीपक रोकाया, राजन खत्रीहरू अचेल कहाँ छन् ? के गर्दै छन् ?
हिक्मत, साम्ब, लक्ष्मीहरूले चिठी नलेखेको कति भो ?
यस्तै सोच्दै सोलुको ताजा सम्झना गरिरहेको छु ।
यहाँनेर एउटा कुरा सुरुमै स्पष्ट पार्न चाहन्छु साथीहरूलाई कि फन्टुस फिक्सन म लेखिरहेको छुइनँ । मभित्र कोही छ जसले मलाई यी सब लेखाइरहेछ । यो सिलसिला कहिले सकिन्छ थाहा छैन । यति थाहा छ, मैले भेटेका, चिनेका, पढेका, सङ्गत गरेका जति सबै कुनै न कुनै अर्थमा फन्टुस फिक्सनका पात्रहरू हुन् । र, अहिलेसम्मको अनुभवमा मूल कथा भन्दै जाँदा बाटोमा, जमघटमा जो–जो भेटिन्छन्, ती जोडिँदै जान्छन् । जोडिँदै जाँदा मेरै वा कसैको निजी जिन्दगीमा केही हस्तक्षेप जस्तो अनुभव भएमा, संयोग मात्र हुनेछ ।
...
‘दुनियाँको तमासा हेर्न लायक छ ।
रङ्गमञ्च छ रित्तो एक्लो नायक छ ।’
पाश्र्वबाट परिदृश्य प्रष्ट हुँदै आउँछ । निर्देशक कोही छैन । जुँगाको रेखी बिस्तारी बाक्लो हुँदै गएको एउटा केटो छ, नायक । त्यो मै हुँ । नायिका हुन्छे, माइली । मैले अहिलेसम्म कतै–कुनै सन्दर्भमा उल्लेख नगरेकी पात्र । फेल्दारेको दोबाटोमा भेटिएकी एउटी ठिक्ककी, गोरी केटी । उमेर अन्दाजी उन्नाईस वर्ष । माथि गेप्चुकामा दिदी–भिनाजुसँग बस्थी ।
जीवन सङ्घर्षको सगरमाथा आरोह गर्ने क्रममा त्यसैको फेद सोलुखुम्बूमा रमाएका दिनहरूमा मलाई जुन फूल देख्यो, त्यही राम्रो लाग्थ्यो । खिरिलो उमेरको कुरा । लामजुरा पासको हिउँमा चिप्लेको, रसिला स्याउ, आरूबखडाका फूलहरू र हँसिला सेर्पिनीहरूको सामीप्यताले गजल लेखनमा बान्की भरिएको अघाउँजी सम्झना छ ।
‘कमिनी माइलीसँग जोगिएरै बस्नु है सर ! त्यसलाई त हिस्टेरिया लागेको छ भन्ने सुनेको छु,’ घरबेटी हजुरबा परिस्थिति सम्झाउँछन् । सम्झाउँछन् के भन्नु, मन चोर्न खोज्छन् । शारीरिक रूपमा केही अपाङ्ग भए पनि यस्तो–उस्तो कुरामा खल्ली छन्, बूढा । नाम लालबहादुर बस्नेत ।
‘कसरी थाहा भो बाबै, माइलीलाई हिस्टेरिया छ भन्ने कुरा ?,’ म पनि रसिक हुँदै कुरा लम्ब्याउन खोज्थेँ ।
‘कुन दिन आइलाग्छ अनि थाहा पाउनुहुन्छ,’ बाबैको जिस्क्याइ यथावत् हुन्थ्यो ।
फेल्दारे भीरमा एउटै मात्र घर थियो । त्यसैको एउटा कोठामा थियो, बाबैको साधारण चिया–पसल । बसिबियाँलो । मकैबारीमा बाँदर रुँग्ने मेलो । अर्को कोठामा हाम्रो डेरा थियो । हाम्रै लागि पार्टेसन गरिएको । हाम्रो भन्नाले संखुवासभा, चन्दनपुरका साथी श्यामकृष्ण श्रेष्ठ र म । साहित्यिक नाम श्याम विरही श्रेष्ठ । दुवै अविवाहित । दुवैको साहित्यमा रुचि । दुवैका अक्षर राम्रा । दुवै जय नेपालवाला पार्टी । तर, फुर्सदको बेला म बाहिरफेर घुम्न मन पराउने, उनी कोठैमा हुन्थे । बिपी र समाजवाद पढी बस्थे ।
माइलीको कुरामा खासै ध्यान दिँदैनथे । माइली बारीको काम सघाउन कहिले मेस्की (घरबेटीको मूलघर) कहिले फेल्दारे आइरहन्थी ।
दिनाङ्क २०४९ मङ्सिर ३० गते । सोलुखुम्बूको उत्तरवर्ती मञ्जु गाउँबाट चिठी लेखेका थिए विरहीले । दसैँ अघिसम्म हामी सँगै थियौँ । एउटै स्कुलमा पढाउँथ्यौँ । कमलामाई प्रावि गोली, मैली । पछि उनी सरुवा भएर मञ्जु प्रावि पुगे । म राजनीतिक दबाबमा प्रअ बनाएर बुद्ध प्रावि गोली तानिए । एक्लो भए पनि डेरा उही फेल्दारेमै थियो ।
म माइलीको कुरा गर्दै थिएँ ।
...
गाउँलेहरू महिना–दुई महिनामा नुहाएको, लुगा धोएको देख्थेँ । आफू परियो पक्का मधेसी । हप्ता–दस दिन भयो कि सिकसिको लागिहाल्थ्यो । नुहाउन तलमाथि जे भए पनि लुगा चाहिँ दुई–तीन दिनमा धोइरहनुपर्ने । डेरानजिकै घुमाउरोमा खोल्सो थियो । खोल्साको पानीलाई पूर्वतिर अलिकति बङ्ग्याएर बाँँसको धारो बनाएको थियो । घाम लागेका बेला म प्रायः खोल्सामा भेटिन्थेँ । नलागेका बेला कोठामा हुन्थेँ, रेडियो सुन्दै ।
एउटा ओरिजिनल फिलिप्स रेडियो थियो । फारबिसगञ्जबाट जोगबनी हुँदै भन्सार नतिरी सोलुखुम्बू पु¥याएको, म आफैँले । रेडियो नेपाल, अल इन्डिया, विविध भारती, सिआरआई, रेडियो सिलोन जे–जे टिप्छ त्यही सुनिन्थ्यो । कलैयाबाट कुर्वान हवारी, सोनम हवारी, बेगम ताजमा हवारी । झापा गौरादहबाट कल्पना ताजपुरिया, राजन ताजपुरिया, विष्णु ताजपुरिया, लक्ष्मी ताजपुरिया र साथीहरू । चार मिनेटको गीतमा सात मिनेटको फर्माइस हुन्थ्यो ।
खासमा बिबिसि हिन्दी, उर्दू, नेपाली जुन भाषाको भए पनि नसुनी नहुने । कतै केही सिप नलागे इङ्लिस र बङ्गाली भाषाका कार्यक्रम पनि सुनिन्थ्यो र बुझ्ने प्रयास गरिन्थ्यो ।
माइली पनि रेडियो सुन्न पल्केकी थिई । म कोठामा हुँदा सुनेर बाहिर बस्थी । खोल्सामा हुँदा खोल्समै पुग्थी ।
‘कति पानीको किरो हुनुपरेको सरलाई !’
घरबेटीकी छोरी राधा दिदीले एकदिन ‘हाम्रो सर त पानीको किरो हो किरो !’ भनेको सुनेकी थिई माइलीले ।
अनेक बहाना गर्दै बोल्न खोज्थी । के खोज्छस् कानो आँखो । म पनि धेरै मन–पेट दिन चाहनन्थेँ, तर जिस्किने मौका भने बाँकी राख्दिनथेँ ।
‘किरो होइन, जुका भन न जुका,’ म भन्थेँ ।
‘साँच्चै जुका नै हो कि के हो तपाई,’ ऊ हाँस्दै बोल्थी ।
‘धेर पानी खोज्दै छेउ–छेउ नआऊ, टोक्ला नि जुकाले फेरि !’ म इत्तरिन्थेँ ।
‘टोके त हुन्थ्यो नि !’ उ पनि पासो थाप्थी ।
...
म बाहुनको छोरो, ऊ कामीकी छोरी । म आफूलाई जान्ने–बुझ्ने ठान्ने सहरको केटा, ऊ दुनियाँ नदेखेकी दुर्गमकी केटी । म आई ए पास गरेको, ऊ साउँ अक्षर नपढेकी । म गाउँको मास्टर, ऊ सामान्य खेताला । म पच्चीसको, ऊ उन्नाईसकी । उमेर मिल्दोजुल्दो भए पनि के–के सोच्थेँ, चुप लाग्थेँ । खासै मिल्ने छेकछन्द देख्दिनँथेँ ।
फेरि, ‘कमिनी माइलीसँग जोगिएरै बस्नु है सर ! त्यसलाई त हिस्टेरिया लागेको छ भन्ने सुनेको छु,’ घरबेटी बाबैको पूर्व–सूचनाले पनि राम्रै सवलीकरण गरेको थियो ।
खासमा माइलीसँग मेरो कुनै लगाव, कुनै प्रेम थिएन । मात्र, शारीरिक आकर्षण थियो । हिँड्दा–हिँड्दै हाँचबाट छुट्टिएर केहीबेर भेटिएका मकुना र ढोईको जम्काभेट जस्तो ।
यो मेरो कुरा भयो । उसको मप्रति कुनै प्रेमिल भावना थियो वा थिएन ? त्यो म यसै भन्न सक्तिनँ । अथवा यसो भनौँ, उसलाई मैले त्यो कुरा भेटमा कहिल्यै सोधिनँ वा सोध्न आवश्यक ठानिनँ ।
अब खास प्रसङ्गमा आऊँ ।
मलाई प्रअ बनाएर ल्याइएको बुद्ध प्राविको चौरमा शनिबारे हाट लाग्थ्यो । डेरा भएको ठाउँ फेल्दारेबाट स्कुल वा हाट आउन एक घण्टाभन्दा बढी समय लाग्थ्यो । बिचमा मेस्की गाउँ थियो । एकदिन हाटमा अलि बढी नै अलमल भयो । छकालमा रेडियो घन्काउँदै डेरा फर्किँदै गर्दा बाटैमा साँझ परिहाल्यो । गड्याङ–गुडुङ, पानी पर्ला–पर्ला जस्तो पनि भयो । मेस्कीमा (घरबेटीकै मुलघरमा) बस्ने निधो गरेँ ।
घरमा बाबै थिएनन् । राधा दिदी पनि आफ्नै घरतिर गएकी रहिछन् । आमै मात्र थिइन् । झ्यार्र पानी परिहाल्यो । साँझको पानी कतिखेर रोकिन्छ भन्न सकिने स्थिति थिएन ।
माइली त्यहीँ आएकी रहिछे ।
...
हजुरआमा सर आए भन्दै, खुसी हुँदै दूधरोटी पकाउने तर्खरमा लाग्नुभयो ।
दूधरोटी भनेको तपाईलाई थाहा होला । पिठाको डल्लोलाई पेडा जस्तो गोलो–गोलो बनायो अनि भकभक उम्लिरहेको दूधमा हाल्यो, केहीबेर पकायो, निकाल्यो खायो । छ भने चिनी हाले पनि हुन्छ । नभए पानी नहालेको दूधमा पकाको डल्लो त्यसै पनि गुलियो हुने ।
अँगेनामा चढाएर मलाई झर्काको थालमा दिइसकेपछि हजुरआमा सिलाबरे थालमा दूधरोटी पस्केर दैलातिर लाग्नुभो ।
‘त्यो चाहिँ कसलाई नि ?’ मैले सोधेँ ।
‘छिँडीमा माइली छे, त्यसैलाई ।’
‘ए... यीँ बस्छे माइली आज ?,’ छक्क पर्दै मैले सोधेँ ।
‘कहाँ जान्छे त राति अब !’ हजुरआमाले भन्नुभो ।
म केही नबोली चुपचाप खाइबसेँ । हजुरआमा धन्दा सकेर माथि टाँडमा उक्लिनुभयो । म त्यहीँ अँगेना छेऊको ओछ्यानमा पल्टिएँ ।
विविध भारती सकियो, बिबिसि सकियो, रेडियो नेपाल सकियो । भोलि बिहान प्रशारण हुने कार्यक्रमको रूपरेखा पनि सकियो । तर, मलाई राति बाह्र बजिसक्दा पनि निद्रा परेन ।
अँगेनो भएको कोठो ठुलो थियो । बिचमा ढोका थियो, भित्रैबाट आग्लो लगाउन मिल्ने । त्यसपछि छिँडी कोठा थियो । छिँडी कोठामा पनि अर्को ढोका थियो । त्यसको उत्तरतिर सिँढी थियो, माथि जाने । दक्षिणतिर भुइँमा सुतेकी थिई, माइली ।
बिचमा पिसाब फेर्ने बहानामा म बाहिर निस्किएँ । चकमन्न, निस्तब्ध थियो आँगनभरि । मनमा भने एकपछि अर्को तारा सल्बलाइरहेका थिए । के गरुँ, के नगरुँ !
अलिअलि डर, अलिअलि सङ्कोच, अलिअलि लाजको अवस्था थियो ।
तर, त्यसरी आँगनमा टोलाएर कतिबेर बसिरहनु ?
केहीबेरपछि सुस्तरी सुरुको आग्लो लगाएँ र हजुरआमाले नसुन्ने गरी एकछिन माइलीसँग गफ गरेँ ।
दस मिनेटपछि म अँगेनाको डिलमा यथावत् थिएँ । कतिखेर भुसुक्क भएँछु, थाहै पाइनँ । बिहान उठ्दा माइली गइसकेकी थिई ।
‘अस्ति मेस्कीमा माइलीसँग निकैबेर गफ गर्नुभो रे नि सरले !’ एकदिन राधा दिदीले जिस्क्याउँदा पो थाहा भयो, त्यो दिन बूढीआमै त्यतिबेलासम्म सुत्नु भएकै रहेनछ ।
माइलीसँगको सान्निध्यता त्यति नै हो । त्यस दिनदेखि फेरि ऊसँग भेट भएको छैन ।
त्यही अविस्मरणीय रातको सम्झनामा पछि मैले एउटा गजल लेखेको थिएँ –
‘दाग रै’छ त्यसैले नै बद्नाम मेरो जून छ हजुर !
घाम लाग्दा नपग्लिने त्यस्तो हिमाल कुन छ हजुर ?’
०००
bisnuprasad.bg@gmail.com

No comments:
Post a Comment